करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
सारांश
- करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एक जनाको मृत्यु भएको छ।
- करेन्ट लागेर बेहोस भएका भोजराज केसीको उपचारका क्रममा मृत्यु भएको हो।
- घटनामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एक जनाको मृत्यु भएको छ ।
बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा शनिबार माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुरका ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुलीका अनुसार केसीसहित सात जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोस भएका थिए । केसीलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।
घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, सोही ठाउँका मेखलाल रेउले, गणेश अधिकारी, युवराज भण्डारी र सङ्गम पाउ तथा शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुवेदीलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण