बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

अमेरिकाबाट फर्केका श्याम मरहठ्ठाको विमानमै मृत्यु

आइतबार, १७ जेठ २०८३, १० : ५५
आइतबार, १७ जेठ २०८३

सारांश

  • अमेरिकाबाट फर्किरहेका गोरखाका श्याम मरहठ्ठाको टर्किस एयरलाइन्सको विमानमै मृत्यु भएको छ।
  • ७३ वर्षीय मरहठ्ठा अचेत अवस्थामा भेटिएका थिए।
  • उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

काठमाडौँ । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु भएको हो । 

अचेत भएर उनको मृत्यु भएको बताइएको छ । 

विमानमा मृत्यु भएका महरठ्ठाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी वसन्त रजौरेले बताए । उनले भने, ‘प्रहरीले कानुनी प्रक्रिया गरिरहेको छ ।’ 

टर्किस एयरको उडा नम्बर–७२६ नम्बरको विमानमा मरहठ्ठा परिवारसँगै फर्केका थिए । उनी गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ का स्थानीय हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप