शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बालेन नेतृत्वको सरकार नागरिकको आवाज दबाउन तल्लीन छ : अध्यक्ष शर्मा

आइतबार, १७ जेठ २०८३, १४ : ४८
आइतबार, १७ जेठ २०८३

सारांश

  • नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार नागरिकको आवाज दबाउनमा केन्द्रित रहेको बताएकी छन् ।
  • शर्माले मिडियामाथि वर्तमान सरकारले अङ्कुश लगाउने प्रयास जारी राखेको र सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने निर्णय अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध रहेको बताइन् ।
  • उनले कानुन संशोधनका नाममा राज्यले पत्रकारलाई दमन गर्ने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गतिविधिहरू अहिलेको सरकारले पनि गरिरहेको आरोप लगाइन् ।

सुर्खेत । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार नागरिकको आवाज दबाउनमा केन्द्रित रहेको बताएकी छन् । वीरेन्द्रनगरमा शनिबारदेखि जारी कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण अन्तर्गत आइतबार आयोजित ‘आवाज विहीनहरूका आवाज’ सत्रमा बोल्दै शर्माले मिडियामाथि वर्तमान सरकारले अङ्कुश लगाउने प्रयास जारी राखेको बताइन् ।

जसको उदाहरण सरकारले सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने गरी गरेको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध रहेको शर्माले बताइन् । सरकारका पछिल्ला गतिविधिको महासङ्घले विरोध गरिरहेको बताउँदै शर्माले नागरिकका आवाज दबाउने यात्राले लोकतन्त्र सुदढ हुन नसक्ने दाबी गरिन् ।

उनले भनिन्,  ‘कतिपय अवस्थामा कानुन संशोधन गर्ने क्रममा राज्यले पत्रकारलाई दमन गर्ने र अभिव्यक्ति स्वतन्त्रता  कुण्ठित गर्ने खालका गतिविधिहरू अघिल्ला सरकारसँगै अहिलेको सरकारले पनि गरिरहेको छ । त्यसको विरोधमा अहिले पनि हामी आन्दोलनमै छौँ ।’ 

नागरिकको आवाज दबाउने कदम महासङ्घका लागि कुनै पनि हालतमा मान्य नहुने पनि उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप