आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

संवादका लागि बोलाउँदा विपक्षी दलले बेवास्ता गरेको सभामुखको खुलासा

सोमबार, १८ जेठ २०८३, १५ : ००
सोमबार, १८ जेठ २०८३

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले संवादका लागि बोलाउँदा विपक्षी दलहरुले बेवास्ता गरेको खुलासा गरेका छन् ।
  • आइतबार र सोमबार संसदको गतिरोधबारे छलफल गर्न बोलाउँदा विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको सभामुख अर्यालले जनाए ।
  • सभामुख अर्यालले नेपालको कानुन बनाउन, राष्ट्र, राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न आह्वान गरे ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संवादका लागि बोलाउँदा विपक्षी दलहरुले बेवास्ता गरेको खुलासा गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आइतबार आफूले संसदका गतिरोधबारे छलफल गर्न दलहरुलाई बोलाएको, आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जनाए ।

विपक्षी दलहरुले सोमबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख अर्यालले यस्तो बताएका हुन् । उनले नेपालको कानुन बनाउन, राष्ट्र, राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप