मधेसका निलम्बित सांसद सिंहलाई ४ वर्ष कैद र ३८ लाख जरिवानाको फैसला
सारांश
- विशेष अदालतले मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
- सिंहलाई १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न र घुस बापत लिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गर्न आदेश दिइएको छ ।
- सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस कमिसन बापत कुल ३८ लाख ५० हजार १३९ रुपैयाँ लिएको पुष्टि भएपछि उक्त रकम हिनामिना गरेको अभियोगमा दोषी ठहर भएका हुन् ।
काठमाडौँ । विशेष अदालतले मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको छ ।
मङ्गलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।
अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’ मा जम्मा गर्न समेत आदेश दिएको छ । साथै सिंहले घुस बापत लिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गर्न भनेको छ।
महोत्तरी क्षेत्र नं. ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट ‘घुस कमिसन’ बापत कुल ३८ लाख ५० हजार १३९ रुपैयाँ लिएको पुष्टि भएको अदालतले जनाएको छ । प्रतिवादी सिंहले उक्त रकम लिएको सम्बन्धमा विवाद नगरेकाले अदालतले सोही रकमलाई भ्रष्टाचारको ‘बिगो’ कायम गरेको छ।
उपभोक्ता समितिको खाताहरूमा जम्मा दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा ३८ लाख ५० हजार १३९ रुपैयाँ जम्मा दाखिला गरेर हिनामिना गरेको अभियोगमा सिंहमाथि लागेको थियो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण