आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई राउण्ड गोली र लागुऔषधसहित भक्तपुरबाट एक युवक पक्राउ

मङ्गलबार, १९ जेठ २०८३, २० : १९
मङ्गलबार, १९ जेठ २०८३

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्तीबाट प्रहरीले दुई राउण्ड गोली र लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबार बेलुकी प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्ने २३ वर्षीय निरज खत्री रहेका छन् । सुन्दरबस्ती क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेका खत्रीलाई सोधपुछ तथा खानतलासी गर्ने क्रममा उनको साथबाट हतियार र प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ७.६२ एमएमको एसएलआरमा प्रयोग हुने २ राउण्ड गोली, २३० ट्याब्लेट ट्रामाडोल, विभिन्न कम्पनीका ६ थान मोबाइल र एक थान खुकुरी बरामद गरेको छ । यसका साथै उनको साथबाट नगद ८ सय ५० रुपैयाँ समेत बरामद गरिएको छ ।

खत्रीमाथि प्रहरी वृत्त जगातीले थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप