इन्जुरी समयको गोलले नेपाल स्तब्ध, बंगलादेश लगातार तेस्रो पटक
काठमाडौँ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
खेलमा सुरुवाती अग्रता गुमाएर पनि उत्कृष्ट पुनरागमन गर्दै बंगलादेश लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो।
प्रतिस्पर्धात्मक खेलको २३ औँ मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर, नेपालको त्यो अग्रता लामो समय टिक्न सकेन। पहिलो हाफको अन्तिम समय अर्थात् ४५ औँ मिनेटमा बंगलादेशी मिडफिल्डर ऋतु पोर्ना चक्माले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्। दोस्रो हाफमा दुवै टोलीले गोलका थप अवसर सिर्जना गरे पनि निर्धारित ९० मिनेटसम्म खेल बराबरीमै सकियो।
त्यसपछि थपिएको इन्जुरी समय बंगलादेशका लागि निर्णायक बन्यो। मैदानमा वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेकी सगोरिकाले उत्कृष्ट गोल गर्दै बंगलादेशलाई २–१ को रोमाञ्चक जित दिलाइन्।
सन् २०२२ र २०२४ को साफ महिला च्याम्पियनसिप उपाधि जितेको बंगलादेश अहिले उपाधिको ह्याट्रिक पूरा गर्ने ऐतिहासिक दाउमा छ।
अब बंगलादेशले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल भारत र भुटानबिच हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण