आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बुधबार, २० जेठ २०८३, २२ : २४
बुधबार, २० जेठ २०८३

सारांश

  • भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ स्थित कलमसीमा ढलान गरेर फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, जसमध्ये दुई जना पुरुषको मृत्यु भएको छ ।
  • प्रहरीका अनुसार १२ जना मजदुर बोकेको ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको हो ।

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ स्थित कलमसीमा ट्याक्टर दुर्घटना भएको छ । ढलान गरेर फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । मृतक दुवैजना पुरुष हुन् । अरु ४ जना सामान्य घाइते भएका छन् । कलमसिस्थित एक होटलको ढलान सकेर १२ जना मजदुर बोकेको ट्रक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप