गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
काठमाडाैँ । गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।
गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासलले बताएका छन् ।
गाजा सहरको अल–सिफा अस्पतालमा भएको आक्रमणमा १५ जना घाइते भएकोसमेत उनले बताएका छन् । गत अक्टोबर देखि युद्धविराम लागू भएता पनि निरन्तरको इजरायली आक्रमणले गाजा पट्टीमा हिंसात्मक गतिविधि बढिरहेको छ भने कयौँ युद्धविरामका सर्तहरूको अवहेलना गरेको आरोपमा इजरायली सैन्य नियन्त्रणमा छन् ।
इजरायलले युद्धविराम सुरु भएदेखि कम्तिमा ९३६ जनाको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा हमास र इजरायल दुवै पक्षले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।
युद्धविरामको पहिलो चरणमा इजरायलद्वारा बन्दी बनाइएका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्दी बनाइएका अन्तिम इजरायली बन्धकहरूको रिहाइ समावेश थियो ।
युद्धविरामको दोस्रो चरणमा हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्ती समावेश हुने अपेक्षा गरिएको थियो भने महिनौँ देखि यो प्रक्रियाले प्रभावकारी गति लिन सकिरहेको छैन ।
गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन सेनालाई आदेश दिएको बताएका छन् । गाजामा हमासको सशस्त्र शाखाका पछिल्लो प्रमुख मोहम्मद ओदेह गत हप्ताका इजरायली आक्रमणमा मारिएक जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण