फोटो फिचर
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
बिहीबार, २१ जेठ २०८३, १२ : ४६
सारांश
- पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) एक सातादेखि सगरमाथा आधार शिविर क्षेत्रमा हराएपछि जीवितै उद्धार गरिएका छन्।
- खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पतालमा थप उपचारका लागि ल्याइएको छ।
- हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका शेर्पाको उद्धारलाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कार मानेका छन्।
काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।
खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।
एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौँ ल्याइएको घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन्। तस्बिर : नेपाल फोटो लाइब्रेरी








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण