गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
बिहीबार, २१ जेठ २०८३, १५ : ०४
सारांश
- ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्ने बा.२ झ १८७८ नम्बरको स्कोर्पियो गाडी चोरी भएको छ ।
- चालकको घरबाहिर पार्किङ गरिएको उक्त गाडी गएराति १० बजेदेखि बिहान ६ बजेको बीचमा चोरी भएको प्रहरीले जनाएको छ ।
- प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, चालकको घरबाट चाबी चोरेर गाडी लगिएको खुलेको छ ।
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी भएको छ । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्दै आएको बा.२ झ १८७८ नम्बरको स्कोर्पियो चोरी भएको हो ।
गए राति १० बजेपछिको समयमा ललितपुरको दुरीखेलस्थित चालकको घरबाहिर पार्किङ गरेर राखेको गाडी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘गएराति १० बजेदेखि बिहान ६ बजेको बिचमा चोरी भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ ।’
चालकको घरबाट चाबी चोरेर त्यसपछि चोरले गाडी चलाएर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण