चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
चितवन । 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै भरतपुर महानगरपालिका–१०, चितवन निवासी पत्रकार संकल्प सापकोटा सम्मानित भएका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार प्रशंसा–पत्रसहित सम्मान गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार समुदाय र प्रहरीबीचको सहकार्यलाई सुदृढ बनाउन तथा सामाजिक शान्ति र सुरक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सापकोटालाई उक्त सम्मान प्रदान गरिएको हो।
सापकोटाले समुदायमा सकारात्मक वातावरण निर्माण, जनचेतना अभिवृद्धि तथा शान्ति–सुरक्षा कायम राख्न विभिन्न सामाजिक गतिविधिमार्फत महत्वपूर्ण सहयोग गरेको सम्मानपत्रमा उल्लेख छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै अपराध नियन्त्रण, सामाजिक सद्भाव तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण