रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
रुकुम पश्चिम । रुकुम पश्चिमबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मुसिकोट नगरपालिका-१४ की सुशीला रोकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।
रोकाले आज जिल्ला अस्पताल सल्लेमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् । सुत्केरी आमा तथा जुम्ल्याहा नवजात शिशुको स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
चिकित्सकको सिफारिसअनुसार रोकालाई प्रादेशिक अस्पताल, वीरेन्द्रनगर सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए। उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सल्ले विमानस्थलबाट हेलिकप्टरमार्फत सुत्केरी आमा र जुम्ल्याहा शिशुलाई सुर्खेत लगिएको छ ।
समयमा हवाई उद्धारको व्यवस्था भएपछि आमा र शिशुको थप उपचार सहज भएको परिवारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण