ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
सारांश
- नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिएको छ ।
- परराष्ट्रमन्त्री खनाल भारत जानुअघि ईपीजीका सदस्य डा.भेषबहादुर थापाले दराजको चाबी हस्तान्तरण गरेका हुन् ।
- मन्त्री खनालले प्रतिवेदन अध्ययन गर्ने चासो देखाएपछि साँचो हस्तान्तरण गरिएको हो ।
काठमाडौँ । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिएको छ ।
परराष्ट्रमन्त्री खनाल भारत जानुअघि आज ईपीजीका सदस्यहरूबाट उक्त दराजको चाबी बुझेका छन् । ईपीजीमा नेपालको तर्फबाट टोलीको नेतृत्व सदस्य रहेका पूर्वपरराष्ट्रमन्त्री डा.भेषबहादुर थापाले चाबी हस्तान्तर गरेका हुन्।
ईपीजीको प्रतिवेदन परराष्ट्र मन्त्रालयको एक दराजमा रहेको छ सो दराजको चाबी आज परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरिएको ईपीजीका सदस्य थापाले बताए ।
मन्त्री खनालले आफूले इपीजी प्रतिवेदन अध्ययन गर्ने भनी चासो लिएपछि आज साँचो हस्तान्तरण गरेको उनले बताए । यसअघिका परराष्ट्रमन्त्रीहरुले यसरी चासो लिएका थिएन । ईपीजी प्रतिवेदन रहेको दराजको साँचो सदस्यहरूकै साथमा थियो।
भारत जानुअघि ईपीजी प्रतिवेदन राखिएको दराजका चाबी लिनु संयोग हो कि प्रतिवेदनको बारेमा त्यहाँ कुराकानी गर्नुहुन्छ भन्ने जिज्ञासामा थापाले भने, ‘परराष्ट्रमन्त्रीजीले त्यस्तो केही भन्नुभएन, अब उहाँले के गर्नुहुन्छ मलाई थाह भएन तर अध्ययन गर्छु भनेर चासो लिएपछि हामीले आज हस्तान्तरण गरेका छौँ ।’
सो प्रतिवेदन हालसम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानेका छैनन्। नेपाल र भारतका प्रधानमन्त्रीले एकैपटक सो प्रतिवेदन बुझ्ने भन्दै नेपालका प्रधानमन्त्रीले पनि सो प्रतिवेदन बुझेका छैनन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको सहमतिमा २०७२ मा नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) गठन भएको थियो।
विभिन्न ९ वटा बैठक बसेर २०७५ मा प्रतिवेदन तयार भएपनि त्यसलाई भारतले बुझ्न नमानेपछि अहिलेसम्म दराजमा थन्किएको छ । परराष्ट्रमन्त्री खनालले दराजकाे चाबी बुझेपछि अब प्रतिवेदन अगाडि बढ्ने विश्वास गरिएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण