शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?

शनिबार, २३ जेठ २०८३, ०६ : ५३
शनिबार, २३ जेठ २०८३

सारांश

  • पछिल्लो समय एयर फ्राइरको प्रयोग व्यापक बनेको छ, जसलाई खाना पकाउने उत्तम विकल्प मानिन्छ।
  • धेरै विज्ञहरूले एयर फ्रायरमा पकाएको खानाले क्यान्सर निम्त्याउँछ भन्ने दाबी गरे पनि स्वास्थ्य विज्ञहरूका अनुसार यो क्यान्सरको प्रत्यक्ष कारण होइन।
  • एयर फ्रायरले पनि एक्रिलामाइड उत्पादन गर्छ, तर यसको जोखिम कम गर्न खानालाई सही तरिकाले पकाउन र जलेको भाग नखान सुझाव दिइएको छ।

काठमाडौँ । पछिल्लो समय एयर फ्राइरको प्रयोग व्यापक बनेको छ । ग्यास र तेलको आवश्यकता कम हुने भएकाले एयर फ्राइरलाई खाना पकाउने उत्तम विकल्प मान्छन् । यसमा धेरै छिटो खाना पाक्छ र तेल पनि कम चाहिन्छ । यद्यपि, यसको स्वाद ग्यासमा पकाइएको खाना भन्दा धेरै फरक हुन्छ ।

कहिलेकाहीँ यसमा पकाइएको खाना स्वास्थ्यको लागि हानिकारक पनि हुन सक्छ । यसमा पकाइएको खानाले क्यान्सर निम्त्याउँछ भनेर धेरै विज्ञहरूले दाबी गर्छन् । के यो सत्य हो ? कि यो केवल एउटा मित्था मात्रै हो ?

एयर फ्राइरले कसरी काम गर्छ ?

एयर फ्राइरमा खाना तातो हावा प्रयोग गरेर पकाइन्छ, र यो प्रविधिले खानालाई क्रिस्पी बनाउँछ । यसमा खाना पकाउन निकै कम तेल भए पुग्छ । त्यसकारण, मानिसहरूले डिप फ्राइ गर्नु पर्ने खानेकुरा पकाउन एयर फ्राइरहरू प्रयोग गर्छन् ।

एयर फ्राइरले निम्त्याउँछ क्यान्सर ?

स्वास्थ्य विज्ञहरूका अनुसार एयर फ्राइरहरू क्यान्सरको प्रत्यक्ष कारण होइनन् । यो भन्दा त डिप फाई गरेर बनाइएको खानेकुरा बढी हानिकारक हुन्छ । किनभने यस क्रममा एक प्रकारको एक्रिलामाइड निस्कन्छ, जसले क्यान्सरको जोखिम बढाउँछ । यो सबै फ्राई गरिएका खानेकुराहरूबाट निस्कन्छ । तर एयर फ्रायरहरूले कम तेल प्रयोग गर्छन्, डिप फ्राइङको आवश्यकता पर्दैन ।

एयर फ्रायरले पनि उत्पादन गर्छ एक्रिलामाइड ?

एयर फ्रायरहरूले पनि एक्रिलामाइड उत्पादन गर्छ । तर यो डिप फ्राइङ, बेकिंग र रोस्टिङ जस्ता सबै उच्च–तापमानको खाना पकाउने ठाउँमा भेटिन्छ । तर, चिन्ता लिनु पर्दैन । तर खानालाई सही तरिकाले पकाउन जरुरी छ ।

एयर फ्रायर प्रयोग गर्नुका फाइदाहरू के–के हुन् ?

  • कम तेलमा खाना बन्छ
  • क्यालोरीको मात्रा कम हुन्छ
  • खाना छिटो पाक्छ
  • खाना कुरकुरे हुन्छ

क्यान्सरको जोखिम कम गर्न के–के गर्न सकिन्छ ?

  • पकाउँदा धेरै तेल प्रयोग नगर्नुस्
  • धेरै लामो समयसम्म एयर फ्रायरको प्रयोग नगर्नुस्
  • धेरै उच्च तापक्रमको प्रयोग नगर्नुस्
  • जलेको हिस्सा नखानुस्
  • हेल्दी चिज कम पकाउनुस्

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप