शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना

शनिबार, २३ जेठ २०८३, १३ : ५६
शनिबार, २३ जेठ २०८३

सारांश

  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को २९औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना सन्देश जारी गरेका छन् ।
  • प्रधानमन्त्री बालेनले बिमस्टेकलाई यस क्षेत्रको विविधता, जीवन्तता र साझा समृद्धिको मञ्चको रूपमा वर्णन गर्दै अर्थतन्त्र, यातायात, व्यापार र डिजिटल सञ्जाल विस्तारमा यसको भूमिकामा जोड दिएका छन् ।
  • परराष्ट्रमन्त्री खनालले बिमस्टेकको निरन्तर प्रगतिको प्रशंसा गर्दै क्षेत्रीय सहयोग सुदृढ गर्न बिमस्टेक बडापत्रको महत्वमा जोड दिएका छन् ।

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को २९औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले बधाई तथा शुभकामना सन्देश जारी गरेका छन् । 

प्रधानमन्त्री बालेनले बिमस्टेक यस क्षेत्रको विविधता,जीवन्तता र साझा झल्काउने एक गतिलो मञ्च रहेको बताएका छन् । उनले अर्थतन्त्रको सामूहिक एकतालाई मजबुत बनाउन तथा यातायात, व्यापार र डिजिटल सञ्जाललाई विस्तार गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । 

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार बिमस्टेकको दिगो शक्ति यसका जनतामा नै निहित रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री बालेनले पर्यटन प्रवर्द्धन गर्न, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना गर्न र जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न थप प्रयास आवश्यक रहेको बताएका छन् ।

साथै, उनले विपतमा र आर्थिक समृद्धको क्षेत्रमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । परराष्ट्रमन्त्री खनालले सन् १९९७ मा स्थापना भएदेखि बिमस्टेकले हासिल गरेको निरन्तर प्रगतिको प्रशंसा गर्दै क्षेत्रीय सहयोग सुदृढ गर्न बिमस्टेक बडापत्रको महत्वमा जोड दिएका छन् ।

उनले हालसम्मका उपलब्धिहरूलाई संस्थागत गर्न, साझेदारी सुदृढ गर्न र कार्यान्वयन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप