अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
सारांश
- अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गरेका दुई इरानी आक्रमणकारी ड्रोन खसालेको छ ।
- अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम) का अनुसार ती ड्रोनहरूले अन्तर्राष्ट्रिय समुद्री यातायातलाई जोखिममा पार्ने अवस्था सिर्जना गरेका थिए ।
- यस घटनाभन्दा एक दिनअघि पनि अमेरिकी सेनाले चारवटा इरानी ड्रोन खसालेको थियो ।
तेहरान । अमेरिकी सेनाले अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि संवेदनशील मानिने स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गरेको भन्दै दुईवटा इरानी आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।
अमेरिकी फौजले पश्चिम एशिया क्षेत्रमा उडिरहेका दुई इरानी एकतर्फी आक्रमण ड्रोनलाई निशाना बनाएर नष्ट गरेको अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम)ले शनिबार सामाजिक सञ्जाल एक्समा भनेको छ ।
सेन्टकमका अनुसार ती ड्रोनहरू स्ट्रेट अफ होर्मुज हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय समुद्री यातायातलाई जोखिममा पार्न सक्ने अवस्था सिर्जना गरेका थिए । अमेरिकी सेनाले आफ्नो वक्तव्यमा पश्चिम एशिया क्षेत्रमा कुनै पनि प्रकारको इरानी आक्रामक गतिविधिको प्रतिरोध गर्न र समुद्री सुरक्षाको रक्षा गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको पनि उल्लेख गरेको छ ।
यस घटनाभन्दा एक दिनअघि शुक्रबार पनि अमेरिकी सेनाले चारवटा इरानी आक्रमणकारी ड्रोन खसालेको जनाएको थियो । पछिल्ला दिनहरूमा स्टे«ट अफ होर्मुज वरपर सुरक्षा तनाव बढ्दै गएको सन्दर्भमा अमेरिकी सेनाले लगातार ड्रोनहरूलाई निशाना बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
-
पोखरा बसपार्कमा कहिले चल्छ डोजर ?
-
दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण