आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा

आइतबार, २४ जेठ २०८३, १० : ३९
आइतबार, २४ जेठ २०८३

सारांश

  • मोरङको उर्लाबारीमा प्रहरीले मलद्वारमा लुकाई राखेको लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
  • चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट करिब ३३ ग्राम र निश्चल गुरुङको मलद्वारबाट करिब २० ग्राम ब्राउन सुगर बरामद भएको छ।
  • नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

मोरङ । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।

त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको छ ।

दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप