बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
सारांश
- बागमती कप टी–२० क्रिकेट प्रतियोगितामा मकवानपुरले भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ ।
- टस जितेर पहिले ब्याटिङ गरेको भक्तपुरले १५.३ ओभरमा ६८ रनमा अलआउट भयो ।
- मकवानपुरले १३.५ ओभरमा ४ विकेट गुमाएर ६९ रनको लक्ष्य पूरा गर्दै सहज जित निकालेको हो ।
हेटौँडा । हेटौँडा–६ स्थित गौरिटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत १२औँ खेलमा घरेलु टोली मकवानपुरले भक्तपुरलाई ६ विकेटले हराएको छ ।
टसपछि पहिले ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभरको खेलमा १५.३ ओभरमा मात्र ६८ रनमा समेटियो । भक्तपुरका लागि विशाल देवकोटाले सर्वाधिक ३२ बलमा २९ रन बनाए ।
यस्तै, रिङजिन लामाले १७, शौरव साखाकर्मीले ९ र सुभाष खत्रीले ८ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन नसक्दा भक्तपुर जम्मा ६८ रनमा समेटियो ।
मकवानपुरका बलरहरूमा साकार गजुरेलले ३, शुभ कंसाकार र स्वरूप श्रेष्ठ र विशाल फुयाँलले २/२ विकेट लिए । ६९ रनको सामान्य लक्ष्य पछ्याएको मकवानपुरका लागि युबिन बुढाथोकीले ३२ बलमा अविजित ३१ रन बनाउँदै टोलीलाई जितसम्म पुर्याए ।
यस्तै, शुभ कंसाकारले ११, सुमन सुनारले १० र गोकुल अधिकारीले ७ रन बनाए । भक्तपुरका सुभाष खत्रीले ३ तथा सक्रियप्रताप कार्कीले १ विकेट लिए ।
मकवानपुरले १३.५ ओभरमा ४ विकेट गुमाएर ६९ रन बनाउँदै ६ विकेटको सहज जित निकालेको हो । जितसँगै घरेलु टोली मकवानपुरले प्रतियोगितामा महत्वपूर्ण दुई अङ्क जोड्दै सेमिफाइनल सम्भावना जीवित राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला
-
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
-
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
-
मोटोपनाः गहुँको रोटीले बढाउँछ कि सेतो चामलले ?
-
साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिभल’ सम्पन्न
-
पाकिस्तानी गृहमन्त्री र इरानी विदेशमन्त्रीबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण