आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा

आइतबार, २४ जेठ २०८३, १४ : ०१
आइतबार, २४ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजिह अरशदले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
  • उनले जिल्ला नेतृत्वले पुराना कार्यकर्तालाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् ।
  • अरशदले पार्टीभित्रको अनियमितता विरुद्ध आवाज उठाउँदा घेराबन्दीमा परेको र इमानदार कार्यकर्तालाई सम्मान दिलाउन नसकेपछि राजीनामा दिएको बताएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजिह अरशदले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । वाजिहले सोमबार जिल्ला सभापतिलाई राजीनामा बुझाउँदै नेतृत्वले पुराना कार्यकर्तालाई विस्थापित गर्न खोजेको गम्भीर आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका हुन् । 

झन्डै तीन दशक अगाडिबाट कांग्रेसमा सक्रिय वाजिहले जिल्ला नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । अरशदले सभापतिलाई बुझाएको राजीनामा पत्रमा वर्तमान जिल्ला नेतृत्वको पृष्ठभूमि ‘बागी र विद्रोही’ रहेको टिप्पणी गर्दै नेतृत्वले पार्टीका पुराना र इमानदार कार्यकर्ताहरूलाई विस्थापित गरिरहेको आरोप लगाएका छन् । 

‘पार्टीभित्रको अनियमितता विरुद्ध आवाज उठाउँदा चौतर्फी घेराबन्दीमा परियो, पदमा रहेर इमानदार कार्यकर्तालाई सम्मान दिलाउन नसक्ने भएपछि राजीनामा दिने निर्णयमा पुगेको हुँ।’

716109907_1295192782321277_367085719032265522_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप