सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालमा यही जेठ १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा आङ (पाठेघर) खस्ने समस्या भएका भोजपुर र सङ्खुवासभाका विपन्न महिलाहरू लाभान्वित भएका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.सन्तोश देवले आङ खस्ने समस्या भएर पनि आर्थिक समस्याका कारण अन्यत्र गएर उपचार गर्न नसकेका महिला यसबाट लाभान्वित भएको बताए । ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै महिला आर्थिक अवस्था कमजोर हुनुका साथै जनचेतानको अभावका कारण वर्षौँदेखि यो समस्या सहेर बस्न बाध्य हुने गरेकामा शिविरले ठूलो राहत मिलेको उनको भनाइ छ ।
“समयमै उपचार नपाउँदा महिलाको दैनिक जीवन, स्वास्थ्य र मानसिक अवस्थासमेत प्रभावित हुने गरेको छ । त्यसैले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा शल्यक्रियापछि औषधि र स्वास्थ्य निगरानीसमेत निःशुल्क रूपमा उपलब्ध गराइएको छ”, डा देवले भने ।
शिविरमा करिब एक सय महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । बिरामीलाई खान बस्नको निःशुल्क व्यवस्था मिलाइएको थियो । अस्पतालमा हार्ड जोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् ।
यहाँ संखुवासभाका १० स्थानीय तहका मात्रै नभई छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भेगका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण