सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी

सोमबार, २५ जेठ २०८३, ०९ : ३७
सोमबार, २५ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे र डा. शाहजान खातुन सहभागी भएका छन् ।
  • संसदीय दलका नेता आङ्देम्बे र डा. खातुनको सहभागिताको जानकारी आङ्देम्बेका स्वकीय सचिव याम ढुंगानाले दिए ।
  • प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न लामिछानेले दलहरूको बैठक बोलाएका हुन् ।

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट दुई जना सहभागी छन् ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र डा. शाहजान खातुन बैठकमा सहभागी भएका आङ्देम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिए ।

प्रतिनिधि सभामा पछिल्लो समय देखिएको गतिरोध अन्त्यका लागि सभापति लामिछानेले सिंहदरबारस्थित संघीय सचिवालयमा रहेको सार्वजनिक लेखा समितिको सभाहलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् । बैठक केहीबेर अघिबाट सुरु भएको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको बताएपछि सदनमा गतिरोध सृजना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप