नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
सारांश
- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वमा डिकबहादुर खत्री 'कुमार' प्यानलसहित निर्वाचित भएका छन्।
- खत्रीले अध्यक्ष पदमा ३४७ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेललाई फराकिलो मतान्तरले पछि पारे।
- कार्यसमिति सदस्यमा प्रगतिशील प्यानलले कुल १० मध्ये ८ सदस्य पदमा जित हासिल गरेको छ।
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित भएका छन्।
आइतबार सम्पन्न सङ्घको निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै खत्री अध्यक्ष पदमा विजयी भएका हुन्।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले १७० मतमा चित्त बुझाए ।
मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका खत्रीले अन्ततः सङ्घको नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।
अध्यक्षसँगै सङ्घका अन्य पदाधिकारीहरूमा पनि कडा प्रतिस्पर्धाका बिच खत्री प्यानलकै वर्चस्व देखिएको छ। प्रथम उपाध्यक्ष पदमा २४१ मतसहित महेश कुमार बस्नेत निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कर्णराज कटुवालले २३१ मत र अर्का उम्मेदवार सन्जु गुरुङले २२८ मत प्राप्त गरे ।
त्यस्तै, द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मत ल्याएर विजयी बनेका छन् भने उनका प्रतिस्पर्धीहरू रविन मेगाले मगरले २०५ र बालकृष्ण श्रेष्ठले १६८ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा निकै रोचक प्रतिस्पर्धाका बिच लक्ष्मण पौडेल २५९ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी तुलसीराम पुरीले जम्मा ३ मत कम अर्थात् २५६ मत पाए भने कृष्ण ढकालले १७२ मत प्राप्त गरे ।
सङ्घको महासचिव पदमा हरि डाँगी २७३ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरू नुर महमद मियाले २४९ मत र अमर प्रकाश तिवारीले १६३ मत प्राप्त गरे ।
यसैगरी, सचिव पदमा केदार नाथ अधिकारी २९४ मत ल्याएर विजयी बनेका छन् भने कोषाध्यक्ष पदमा धनमाया सिन्जाली ३२३ मतसहित निर्वाचित भएकी छन् ।
पदाधिकारीसँगै कार्यसमिति सदस्यहरूमा पनि प्रगतिशील प्यानलले जित निकालेको छ। निर्वाचन समितिका अनुसार कुल १० कार्यसमिति सदस्यमध्ये ८ वटा सदस्य पदमा प्रगतिशील प्यानलका उम्मेदवारहरू विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण