बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
सोमबार, २५ जेठ २०८३, १२ : २५
सारांश
- बलिउड अभिनेता राकेश बेदीले पशुपतिनाथको दर्शन गरेका छन्।
- चलचित्र 'है जवानी तो इश्क होना है' को प्रचारका लागि नेपाल आएका बेदीले सहकर्मीका साथ पशुपति दर्शन गरेका हुन्।
- नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरूको निमन्त्रणामा आएका बेदीले दर्शकहरूसँग साक्षात्कार गर्नेछन् र मङ्गलबार भारत फर्कनेछन्।
काठमाडौँ । चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार प्रसारका लागि आइतबार नेपाल आएका बलिउड (भारतीय) अभिनेता राकेश बेदीले पशुपतिनाथको दर्शन गरेका छन् । उनले सोमबार बिहान सहकर्मीका साथ पशुपति दर्शन गरेका हुन् । उनी आइतबार नेपाल आएका थिए ।
बेदी नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरू कश्यप नरेन्द्र वेद र नवीन उदासको निमन्त्रणामा नेपाल आएका हुन् । नेपाल र भारतबिचको चलचित्र उद्योगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरू वेद र उदासले यो भ्रमणको आयोजना गरेका हुन् ।
उनी विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार समेत गर्नेछन् । बेदी मङ्गलवार भारत फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण