बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म निर्देशक कृष्ण चापागाईँको निधन

बुधबार, २७ जेठ २०८३, ०७ : ५१
बुधबार, २७ जेठ २०८३

सारांश

  • नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक कृष्ण चापागाईँको अमेरिकामा उपचारको क्रममा निधन भएको छ ।
  • स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका चापागाईँको निधनप्रति कलाकर्मीले सामाजिक सञ्जालबाट शोक व्यक्त गरिरहेका छन् ।
  • उनले इज्जतदार, निखिल दाइ, एक नजर लगायतका फिल्म निर्देशन गरेका थिए ।

काठमाडौँ । नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक सुमन दाहालले बताए ।

केही दिनअघि स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका उनको उपचारको  क्रममा निधन भएको हो । चापागाईँको निधनप्रति सामाजिक सञ्जालबाट विभिन्न कलाकर्मीले शोक व्यक्त गरिरहेका छन् ।

उनले इज्जतदार, निखिल दाइ, एक नजर लगायतका फिल्म निर्देशन गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप