बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप

विश्वकप २०२६का १६ युरोपेली मुलुक: को कति बलियो ?

बुधबार, २७ जेठ २०८३, ०८ : ०४
बुधबार, २७ जेठ २०८३

सारांश

  • विश्वकप २०२६ का लागि १६ युरोपेली टोली छनोट भएका छन्, जसमा चार पूर्व विश्वविजेता समावेश छन् ।
  • युरोपेली टोलीहरूमध्ये फ्रान्स र स्पेनलाई विश्वकप २०२६ को प्रमुख दाबेदार मानिएको छ ।
  • अस्ट्रिया, बेल्जियम, क्रोएसिया, इंग्ल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, स्विट्जरल्यान्ड र टर्की जस्ता टोलीहरूले विभिन्न स्तरमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

विश्वकप जित्ने इतिहास हेर्दा युरोपभन्दा सफल महादेश अर्को छैन । अर्जेन्टिना, ब्राजिल र उरुग्वेबाहेक विश्वकप ट्रफी जित्ने सबै राष्ट्र युरोपकै हुन् ।

विश्वकप २०२६ मा छनोट भएका १६ युरोपेली टोलीमध्ये चार पूर्व विश्वविजेता छन् । पाँचौँ विश्वविजेता इटाली भने लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ ।

अस्ट्रिया

  • विश्वकप सहभागिता: ८ पटक
  • उत्कृष्ट नतिजा: तेस्रो स्थान
  • फिफा वरीयता: २४
  • पूर्वानुमान: समूह चरणबाट बाहिरिने

२८ वर्षपछि विश्वकपमा फर्किएको अस्ट्रियाको नेतृत्व अनुभवी फरवार्ड मार्को अर्नाउटोभिचले गर्नेछन् । प्रशिक्षक राल्फ राङ्निकको टोलीले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यद्यपि १९५४ यता कुनै प्रमुख प्रतियोगिताको नकआउट खेल जित्न नसकेको इतिहास उनीहरूको चुनौती हो ।

बेल्जियम

  • विश्वकप सहभागिता: १५ पटक
  • उत्कृष्ट नतिजा: तेस्रो स्थान
  • फिफा वरीयता: ८
  • पूर्वानुमान: क्वार्टरफाइनलसम्म

सन् २०२२ मा समूह चरणमै बाहिरिएपछि बेल्जियमको स्वर्णिम पुस्तालाई ठूलो धक्का लागेको थियो । तर केभिन डे ब्रुयने, रोमेलु लुकाकु, जेरेमी डोकु र चाल्र्स डे केटेलारेजस्ता खेलाडीका कारण टोली अझै बलियो मानिन्छ ।

बोस्निया तथा हर्जेगोभिना

  • विश्वकप सहभागिता: २ पटक
  • उत्कृष्ट नतिजा: समूह चरण
  • फिफा वरीयता: ६५
  • पूर्वानुमान: समूह चरणबाट बाहिरिने

प्लेअफमा वेल्स र इटालीलाई हराउँदै बोस्निया विश्वकपमा पुगेको हो । ४० वर्षीय एडिन जेको र १८ वर्षीय केरिम अलाजबेगोभिचको जोडी टोलीको मुख्य आकर्षण हुनेछ ।

क्रोएसिया

  • विश्वकप सहभागिता: ७ पटक
  • उत्कृष्ट नतिजा: उपविजेता (२०१८)
  • फिफा वरीयता: १०
  • पूर्वानुमान: क्वार्टरफाइनलसम्म

२०१८ मा उपविजेता र २०२२ मा तेस्रो भएको क्रोएसिया अझै प्रतिस्पर्धी छ । तर ४० वर्षीय लुका मोड्रिचको उमेर टोलीका लागि चुनौती बन्दै गएको छ ।

चेक गणतन्त्र

  • विश्वकप सहभागिता: १० पटक
  • उत्कृष्ट नतिजा: उपविजेता
  • फिफा वरीयता: ४३
  • पूर्वानुमान: समूह चरणबाट बाहिरिने

२० वर्षपछि विश्वकपमा फर्किएको चेक टोलीमा प्याट्रिक सिक सबैभन्दा ठूलो आशा हुन् । तर दक्षिण कोरिया, दक्षिण अफ्रिका र सह–आयोजक मेक्सिको रहेको समूह कठिन छ ।

इंग्ल्यान्ड

E2

  • विश्वकप सहभागिता: १७ पटक
  • उत्कृष्ट नतिजा: विजेता (१९६६)
  • फिफा वरीयता: ४
  • पूर्वानुमान: क्वार्टरफाइनलसम्म

ह्यारी केन इंग्ल्यान्डको मुख्य आशा हुन् । राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता केनका लागि यो सम्भवतः अन्तिम विश्वकप हुन सक्छ । कठिन समूह र पेनाल्टीको पुरानो समस्याले इंग्ल्यान्डलाई सताउन सक्छ ।

फ्रान्स

  • विश्वकप सहभागिता: १७ पटक
  • उत्कृष्ट नतिजा: दुई पटक विजेता
  • फिफा वरीयता: ३
  • पूर्वानुमान: विजेता

सबै स्थानमा उत्कृष्ट खेलाडी भएको फ्रान्सलाई विश्वकप २०२६ को प्रमुख दाबेदार मानिएको छ । किलियन एमबाप्पे, ओस्मान डेम्बेले र डेजिरे डुएजस्ता खेलाडी टोलीका मुख्य शक्ति हुन् ।

प्रशिक्षक डिडिएर देशाँ प्रतियोगितापछि पद छोड्ने तयारीमा छन् । उनले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जितिसकेका छन् ।

जर्मनी

  • विश्वकप सहभागिता: २१ पटक
  • उत्कृष्ट नतिजा: चार पटक विजेता
  • फिफा वरीयता: १०
  • पूर्वानुमान: सेमिफाइनलसम्म

लगातार दुई विश्वकपमा समूह चरणमै रोकिएको जर्मनी पुनरुत्थानको प्रयासमा छ । फ्लोरियन विट्र्ज र जमाल मुसियालाजस्ता युवा प्रतिभाले भविष्य उज्यालो देखाएका छन् ।

नेदरल्यान्ड्स

E3

  • विश्वकप सहभागिता: १२ पटक
  • उत्कृष्ट नतिजा: तीन पटक उपविजेता
  • फिफा वरीयता: ७
  • पूर्वानुमान: क्वार्टरफाइनलसम्म

विश्वकप कहिल्यै जित्न नसकेको नेदरल्यान्ड्स फेरि एकपटक चुनौती दिने तयारीमा छ । भर्जिल भान डाइक, मेम्फिस डेपाय र फ्रेन्की डे योङ टोलीका मुख्य खेलाडी हुन् ।

नर्वे

  • विश्वकप सहभागिता: ४ पटक
  • उत्कृष्ट नतिजा: अन्तिम १६
  • फिफा वरीयता: ३२
  • पूर्वानुमान: अन्तिम ३२ सम्म

२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको नेतृत्व एर्लिङ हालान्डले गर्नेछन्। छनोट चरणमा उनले १६ गोल गरेका थिए ।

पोर्चुगल

  • विश्वकप सहभागिता: ९ पटक
  • उत्कृष्ट नतिजा: तेस्रो स्थान
  • फिफा वरीयता: ६
  • पूर्वानुमान: क्वार्टरफाइनलसम्म

क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेज भएको टोली कुनै पनि खेल जित्न सक्षम मानिन्छ । ४१ वर्षीय रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुने अपेक्षा गरिएको छ ।

स्कटल्यान्ड

  • विश्वकप सहभागिता: ९ पटक
  • उत्कृष्ट नतिजा: समूह चरण
  • फिफा वरीयता: ४३
  • पूर्वानुमान: अन्तिम ३२ सम्म

१९९८ पछि पहिलो पटक विश्वकपमा पुगेको स्कटल्यान्ड ब्राजिल, मोरक्को र हैटी रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ ।

स्पेन

E5

  • विश्वकप सहभागिता: १७ पटक
  • उत्कृष्ट नतिजा: विजेता (२०१०)
  • फिफा वरीयता: १
  • पूर्वानुमान: उपविजेता

विश्व वरीयताको शीर्ष स्थानमा रहेको र वर्तमान युरोपेली च्याम्पियन स्पेनलाई प्रतियोगिताको प्रमुख दाबेदार मानिएको छ । लामिन यामाल टोलीका सबैभन्दा चर्चित खेलाडी हुन् ।

स्विडेन

  • विश्वकप सहभागिता: १३ पटक
  • उत्कृष्ट नतिजा: उपविजेता
  • फिफा वरीयता: ४२
  • पूर्वानुमान: समूह चरणबाट बाहिरिने

भिक्टर ग्योकेरेस र अलेक्जान्डर इसाकको आक्रमण पङ्क्ति बलियो भए पनि स्विडेनलाई कठिन समूहले चुनौती दिनेछ ।

स्विट्जरल्यान्ड

  • विश्वकप सहभागिता: १३ पटक
  • उत्कृष्ट नतिजा: उपविजेता
  • फिफा वरीयता: १९
  • पूर्वानुमान: अन्तिम ३२ सम्म

लगातार छैटौँ विश्वकप खेलेको स्विट्जरल्यान्ड समूहको बलियो टोली मानिन्छ । छनोट चरणमा उसले केवल दुई गोल मात्र बेहोरेको थियो ।

टर्की

  • विश्वकप सहभागिता: ३ पटक
  • उत्कृष्ट नतिजा: तेस्रो स्थान
  • फिफा वरीयता: २२
  • पूर्वानुमान: अन्तिम ३२ सम्म

आर्डा गुलर र केनान यिल्दिजजस्ता युवा प्रतिभाले टर्कीको आशा बोकेका छन् । प्रशिक्षक भिन्चेन्जो मोन्टेलाको टोलीबाट समर्थकहरूले कम्तीमा नकआउट चरणको अपेक्षा गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप