बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा विवाद

५ जनाले मत हालेपछि रोकिएको थियो रास्वपा बागमतीको चुनाव

बुधबार, २७ जेठ २०८३, ०८ : ५७
बुधबार, २७ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशनमा मतदान विवादका कारण स्थगित भएको छ ।
  • मध्यरात १:३० बजेबाट सुरु भएको मतदान करिब ५ जनाले गरेपछि भक्तपुरको मतदाता नामावली र उम्मेदवारीको नाम नखुलाइएको भन्दै विवाद भएको थियो ।
  • विवादपछि मतपत्र च्यात्ने, नाराबाजी र हो-हल्ला भएको थियो, जसले गर्दा निर्वाचन कार्यक्रम हालसम्म सुरु हुन सकेको छैन ।

मकवानपुर । रास्वपा बागमती प्रदेशको अधिवेशन अन्तर्गत मंगलबार राति मतदान सुरु भएको थियो । मध्यरात १:३० बजेबाट सुरु भएको मतदान विवाद भएपछि स्थगित गरिएको थियो ।

निर्वाचन कार्यक्रम अन्तर्गतको कार्यतालिका अनुसार एक सभापति पदका लागि ४ जना उम्मेदवार कायम रहेको थियो भने ८८ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले मतदाताको नामावली समेत निर्धारण गरी मतदान सुरु गरेको थियो । मतदान सुरु भएको ३० मिनेटमा नै विवाद भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । 

बुधबार बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरेर निर्वाचन समिति अधिवेशन स्थलबाट बाहिरिएको थियो । मंगलबार रति १:३० बजेदेखि मतदान सुरु भएको र करिब ५ जनाले मतदान गरे पछि स्थगित गरिएको थियो ।

हेटौँडा-१ स्थित हिमालयन दरबारमा आयोजित अधिवेशनमा दोस्रो सत्रको निर्वाचन प्रकियाको क्रममा भक्तपुरको मतदाता नामावली र उम्मेदवारीको नाम नखुलाइएको भन्दै विवाद भएको थियो । निर्वाचन क्षेत्र क्लस्टर अनुसारको उम्मेदवारको नामावली छुटेको भन्ने विषयमा विवाद हुँदा कार्यकर्ता तथा मतदाता आक्रोशित भएका थिए । आक्रोशित मतदाता र कार्यकर्ताले मत पत्र च्यात्ने तथा नाराबाजी सहित हो-हल्ला गरेका थिए ।

सो लगत्तै स्थगित गरिएको निर्वाचन कार्यक्रम हालसम्म सुरु हुन सकेको छैन । अधिवेशन स्थलमा आयोजक समिति तथा निर्वाचन समितिका पदाधिकारी देखिएका छैनन् । केही मात्रमा रहेका कार्यकर्ताहरू आयोजक समितिको गैरजिम्मेवारी कारण दु:ख भोग्न परेको भन्ने गुनासो गरिरहेका छन् ।

1-716049908_1028710436160375_6816945772799660603_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप