बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

हुम्लामा जिप दुर्घटना, ४ जना घाइते

बुधबार, १० असार २०८३, ११ : १३
बुधबार, १० असार २०८३

सारांश

  • हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
  • दुर्घटनामा जिप चालक रमेश सिजापति, गंगबहादुर शाही, गंगसरा शाही र गोकुल शाही घाइते भएका छन् ।
  • जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हुम्ला ।  हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार सिमकोट गाउँपालिका–७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडक खण्डमा कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।

दुर्घटनामा जिप चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ७ बस्ने २८ वर्षीय रमेश सिजापति, जिल्ला हुम्ला सिमकोट गाउँपालिका ७ ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन् ।

घाइतेहरूलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप