बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा

स्थानीय विकासलाई प्राथमिकता
बुधबार, १० असार २०८३, १६ : ३७
बुधबार, १० असार २०८३

सारांश

  • ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा वडाहरूलाई वर्गीकरण गरी विकास योजना कार्यान्वयनका लागि बजेट सीमा तोकेको छ ।
  • वडा नं. १, ६, ८, १०, ११ र १९ लाई प्रतिवडा २.७५ करोड, वडा नं. २, ३, ४, ५, ७, ९, १३, १४, १५ र १७ लाई प्रतिवडा ३.२५ करोड, र वडा नं. १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ लाई प्रतिवडा ४ करोड रुपैयाँ बजेट सीमा तोकिएको छ ।
  • महानगरले भौगोलिक र जनसङ्ख्याको आवश्यकतालाई आधार बनाई वडागत बजेट सीमा तोकेको जनाएको छ ।

काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा स्थानीय स्तरका विकास योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडाहरूलाई वर्गीकरण गरी बजेट सीमा तोकेको छ । 

महानगरको बजेट विनियोजन विवरण अनुसार वडा नं. १, ६, ८, १०, ११ र १९ लाई प्रतिवडा २।७५ करोडका दरले बजेट छुट्टाइएको छ । त्यसैगरी वडा नं.२, ३, ४, ५, ७, ९, १३, १४, १५ र १७ लाई प्रतिवडा ३।२५ करोड र वडा नं.१२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ लाई प्रतिवडा ४ करोड रुपैयाँको सीमा तोकिएको छ । 

यसरी वडागत बजेट सीमा तोकिँदा भौगोलिक र जनसङ्ख्याको आवश्यकतालाई आधार बनाइएको महानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप