नागरिकताको हक
सारांश
- मानवता हराउँदै गएको र क्रूरता बढेको सन्दर्भमा मानिसहरूले ढुङ्गालाई देवता मानेर मोक्षको खोजी गरिरहेका छन्।
- लेखकले कथित देवताहरूले मानिसहरूको अन्धतामा हाँसिरहेको र मानिसहरूले श्रापित जीवन बिताइरहेको बताएका छन्।
- लेखकले शासकहरूलाई देशद्रोहीलाई सम्मान गर्ने र देशभक्तलाई झुण्ड्याउने जस्ता आरोप लगाउँदै नागरिकताको हकको माग गरेका छन्।
फर्केनन् चराहरू गुँड,
बचेराहरू रोए पनि
उदास देखिए वृक्ष,
फूलेनन् फूल
हरिण बहकियो,
पाठो शिकारीको जालमा फसेपछि।
दयाको सागर सुकिसक्यो,
मानवता चुटिएको चुटियै छ
क्रूरताले सीमा नाघ्यो,
मान्छे निरङ्कुश बनेको छ
मान्छेभित्रको संवेदना मरिसक्यो,
मान्छे मृत्युमा खित्का छोडेर हाँसेको छ।
घाम रोइरहेकी छे,
खग्रास हुने डरले
धरती विलौना गाउँछे,
भूकम्पको चुटाइ खाएपछि
दिनहरू सुरक्षा कवच बन्न सकेनन्,
अकालमा शिशुहरू मारिँदा पनि
चेत हराएर गइसकेको छ,
अर्धचेतमै मृत्युलाई झपार्छ मान्छे।
मोक्ष प्राप्तिको कुण्ठा बोकेर
देवालय धाउँछ मान्छे।
अर्थहीन अनुहार छाम्दै,
ढुङ्गोलाई देवता ठानी,
जीवनका निराशालाई
देवता सामु पस्कन्छ,
सान्त्वनाको वरदान पाउनलाई।
मलाई थाहा थियो,
ढुङ्गो देवता हुन सक्तैन
तिम्रो अन्धता देखेर
कथित देवताहरू हाँसिरहेका छन्
मन्दिरको टुँडाल चिहाउँदै
तिमी श्रापित जिन्दगी घिसार,
तिमी वरदान पाउन योग्य छैनौ,
पापमोचनको आँसु नझार।
तिमी कत्लेआममा विश्वास गर्ने
नृशंस शासक हौ
देशभक्तलाई झुण्ड्याएर
राष्ट्रघातीलाई सम्मान गर्छौ
मुलुक सीमामा रोइरहँदा
तिमी निदाएको स्वाङ पार्दै
अतिक्रमणकारीकै पाउमा शरण पर्छौ।
तिमीसँग छैन राष्ट्रवाद,
न त राष्ट्रियता नै।
तिमी सेवक होइन,
तिमी दास हौ,
साम्राज्यवादीको आँगन सिगार्ने।
हामी स्वाधीनता खोजिरहेका छौँ,
हामी खोजिरहेका छौँ हराइरहेको देश
हजारौँ नागरिक
अनागरिक बनाएर
शरणार्थी शिविरमा नराख
हामी खोजिरहेका छौँ
वंशजले पाउने नागरिकताको हक।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण