शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?

शनिबार, १३ असार २०८३, १२ : २४
शनिबार, १३ असार २०८३

सारांश

  • वेलकम टु द जङ्गल' ले प्रदर्शनको पहिलो दिन भारतमा करिब १६ करोड भारतीय रुपैयाँ नेट कमाइ गरेको छ।
  • सीमित पेड प्रिभ्युबाट आएको ३.७५ करोड रुपैयाँ जोड्दा पहिलो दिनको कुल भारत कमाइ करिब १९ करोड रुपैयाँ पुगेको छ।
  • विश्वव्यापी रूपमा भने फिल्मले पहिलो दिन २९ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ।

नयाँ दिल्ली । 'वेलकम टु द जङ्गल'ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा प्रभावशाली सुरुआत गरेको छ। अहमद खान निर्देशित तथा अक्षय कुमार अभिनीत यो हास्य फिल्मले भारतमा पहिलो दिन करिब १६ करोड भारतीय रुपैयाँ नेट कमाइ गरेको छ। सीमित पेड प्रिभ्युबाट आएको ३.७५ करोड रुपैयाँ जोड्दा पहिलो दिनको कुल भारत कमाइ करिब १९ करोड रुपैयाँ पुगेको छ।

विश्वव्यापी रूपमा भने फिल्मले पहिलो दिन २९ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ।

फिल्ममा अक्षय कुमारसँगै सुनील शेट्टी, परेश रावल, ज्याकलिन फर्नान्डिस, दिशा पटानी, अरशद वारसी, रविना टन्डन लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। ठूलो कलाकार टोली र 'वेलकम' शृंखलाप्रतिको दर्शकको पुरानो आकर्षणले फिल्मलाई उत्कृष्ट सुरुआत दिलाएको मानिएको छ।

यद्यपि, समीक्षक र दर्शकबाट फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ। धेरैले हास्य दृश्य र पुराना पात्रहरूको पुनरागमनको प्रशंसा गरेका छन् भने केहीले कथावस्तु अपेक्षाकृत कमजोर रहेको टिप्पणी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप