सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
सारांश
- सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ ।
- प्रदेश सरकारले अहिलेसम्म निःशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यानसहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घरोगीले प्रयोग गर्ने औषधिको अभाव भएको छ ।
- औषधि अभावका कारण बिरामीहरू महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन् ।
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो ।
औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका बिरामीले बताएका छन् । प्रदेश सरकारले अहिलेसम्म निःशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यानसहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घरोगीले प्रयोग गर्ने औषधिको अभाव भएको छ ।
कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग मात्र नभई परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव भएको बताए ।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले निःशुल्क पाउने औषधि स्वास्थ्य संस्थामा नपाउँदा आर्थिक अवस्था कमजोर भएका नियमित सेवनबाट वञ्चित भएको बताए । यो वर्षमा मात्र नभई प्रत्येक वर्ष औषधि ढिला पठाउँदा कहिले के त कहिले के औषधि अभाव भइरहने गरेको उनले बताए ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा.अर्जुन बुढामगरले प्रदेश सरकारले अस्पतालबाट निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधि पठाउनेमा यसपालि अहिलेसम्म नपठाएकाले उच्च रक्तचाप, मधुमेह, मानसिक रोगलगायत औषधिको अभाव भएको बताए ।
अस्पतालमा उपचार गर्न आएका बिरामीलाई मेडिकल तथा अस्पतालको फार्मेसीबाट किन्न लगाउनुपरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
-
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
-
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण