‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिग्गज अमेरिकी प्रविधि कम्पनीहरूमाथि 'डिजिटल सर्भिस ट्याक्स' (डिजिटल सेवा कर) लगाउने सबै युरोपेली देशहरूविरुद्ध कडा कदम चाल्ने धम्की दिएका छन्।
उनले त्यस्ता कर लागू गर्ने देशहरूबाट अमेरिका आयात हुने सम्पूर्ण सामानमा १०० प्रतिशत भन्सार महसुल लगाउने चेतावनी दिएका हुन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले धेरै युरोपेली देशहरू यस्तो कर लागू गर्ने विचार गरिरहेको र केही देशहरू त यसलाई कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगिसकेको उल्लेख गरेका छन्। उनले सजाय स्वरूप अमेरिकाले तत्कालै भन्सार महसुल बढाउने र हाल कायम रहेका जुनसुकै द्विपक्षीय व्यापार सम्झौताहरूलाई समेत पूर्ण रूपमा ‘खारेज’ गरिदिने चेतावनी दिएका छन्।
ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘कृपया मेरो यस बयानलाई यसरी बुझियोस् कि यस्तो कर लगाउने जुनसुकै देशले तत्कालै अमेरिका पठाइने आफ्ना सम्पूर्ण सामानमा १०० प्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण