शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते

शनिबार, १३ असार २०८३, १६ : २८
शनिबार, १३ असार २०८३

सारांश

  • उदयपुरको कटारी नगरपालिका १ पानीट्याङ्की नजिक सिद्धिचरण लोकमार्गमा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भई सडक किनारमा पल्टिँदा ७ जना घाइते भएका छन् ।
  • घाइते हुनेहरूमा कटारी नगरपालिका २ गुराँसेका शेरबहादुर थापा, सुनिता थापा, जेनी श्रेष्ठ, सिता श्रेष्ठ, यशोदा खड्का, कृजा थापा र कुलबहादुर अधिकारी रहेका छन् ।
  • प्रहरीका अनुसार घाइतेहरूको मिर्चैयास्थित मनकामना अस्पताल र विष्णु क्लिनिकमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य छ ।

उदयपुर । उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । शनिबार जिल्लाको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा कटारी नगरपालिका २ गुराँसे बस्ने ६० वर्षीय शेरबहादुर थापा, सोही स्थान बस्ने ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सिता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका छन् ।

शेरबहादुर थापा र सुनिता थापाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनाको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचार भइरहेको छ  । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि टिपर चालक कटारी नगरपालिका २ ददरिया बस्ने २३ वर्षीय राजेश दनुवार फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप