रास्वपाको दस्ताबेजले लोकतन्त्रको आधार हल्लाउन खोज्दैछ : नेकपा
सारांश
- नेकपाले रास्वपाको महाधिवेशनबाट पारित दस्ताबेजले लोकतन्त्र र गणतन्त्रको आधारलाई कमजोर पार्न खोजेको आरोप लगाएको छ ।
- नेकपाका प्रमुख सचेतक युवराज दुलालले लोकप्रियताको आवरणमा आएका केही विचारले देशलाई पुनः द्वन्द्वतिर धकेल्न सक्ने चेतावनी दिए ।
- दुलालले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँछु भनेर मत माग्ने र जितेपछि तिनै संरचना खारेजीको नीति लिनु जनताप्रति बेइमानी भएको बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनबाट पारित दस्ताबेजहरूले लोकतन्त्र र गणतन्त्रको आधारभूत संरचनालाई नै कमजोर बनाउन खोजेको बताएको छ ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले आइतबार प्रतिनिधिसभा बैठकमा लोकप्रियताको आवरणमा आएका केही विचारले देशलाई पुनः द्वन्द्वतिर धकेल्न सक्ने चेतावनी दिए । चितवनको सौराहामा पहिलो महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा रास्वपा र सभापति रवि लामिछानेलाई बधाई दिँदै दुलालले सो पार्टीको नीति र नियतमाथि प्रश्न उठाए ।
‘लोकप्रियताको घुम्टोले छोपिएर आएको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई ‘सेबोटेज’ गर्न खोज्दैछ, यसमा हामी सचेत हुनुपर्छ,’ उनले भने । सांसद दुलालले निर्वाचनका क्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँछु भनेर मत माग्ने र जितेपछि तिनै संरचना खारेजीको नीति लिनु जनताप्रति बेइमानी भएको बताए । उनले भने, ‘प्रदेशको उपस्थिति बिना सङ्घीयता रहँदैन भन्ने आधारभूत ज्ञान नहुनेले राजनीति पढेर मात्र राजनीति गर्न आउनुस्,’
सरकारले प्रशासनिक खर्च कटौती र संरचना खारेजीको कुरा गरे पनि व्यवहारमा मन्त्रालयहरूमा सचिवस्तरका सल्लाहकारहरूको भिड जम्मा गरेर खर्च बढाइरहेको उनले आरोप लगाए । ‘एकातिर मितव्ययिताको मीठो भाषण दिने, अर्कोतिर इतिहासमै नभएको गरी सल्लाहकार नियुक्ति गरेर राज्यकोष दोहन गर्ने,’ भन्दै उनले सरकारको आलोचना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण