फिफा विश्वकप २०२६
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
मङ्गलबार, १६ असार २०८३, ०९ : २४
सारांश
- फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा नेदरल्यान्ड्स र मोरक्कोबीच १२० मिनेटको खेलपछि पनि १-१ को बराबरी भएको छ।
- नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा गोल गरे भने खेलको इन्जुरी समयमा इस्सा डियोपले मोरक्कोका लागि बराबरी गोल फर्काए।
- अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको विजेता पेनाल्टी सुटआउटबाट टुंगिनेछ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा नेदरल्यान्ड्स र मोरक्कोबीच १२० मिनेटको खेलपछि पनि १–१ को बराबरी कायम रहँदा खेलको निर्णय अब पेनाल्टी सुटआउटबाट हुनेछ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर खेलको इन्जुरी समयमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासमा गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा फर्काए।
त्यसपछि खेल अतिरिक्त समयमा पुगे पनि दुवै टोलीले थप गोल गर्न सकेनन्। ३० मिनेटको अतिरिक्त समय पनि बराबरीमा सकिएपछि अब अन्तिम १६ मा पुग्ने टोलीको टुंगो पेनाल्टी सुटआउटबाट लाग्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण