आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटका असिना पीडितले राहत नपाएको दुखेसो

शनिबार, २३ भदौ २०७५, १८ : ५९
शनिबार, २३ भदौ २०७५

रौतहट । महिनौं बितिसक्दा पनि जिल्लाका असिना पिडितहरुले राहत पाउन नसकेको दुखेसो पोखेका छन् ।

असिनाबाट सबभन्दा बढी प्रभाव पारेका जिल्लाको पुर्वीभेग दुर्गा भगवती गाँउपालिका वडा–३ का सयौं पीडितहरुले महिनौं बित्दा पनि राहत उपलब्ध गराउन सरकारले बेवास्ता गरेको दुखेसो पोखेका हुन् ।

राहत तथा क्षतीपूर्तिका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदा पनि हालसम्म राहत पाउन नसकेको दुर्गा भगवती गाँउपालिका–४ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताए । 

सयौं पिडितको पिडालाई बेवास्ता गरेको भन्दै वडाअध्यक्ष धर्मेन्द्र झाको नेतृत्वमा शुक्रबार गएको प्रतिनिधि मण्डलले सिडिओ गोविन्द रिजालमार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।

सो क्रममा सिडिओ रिजालले जिल्लाका कुल चार हजार आठ सय ५७ असिना पिडितलाई राहत तथा क्षतीपूर्ति उपलब्ध गराउन गृह मन्त्रालयलाई आफूले पनि आग्रह गरी रहेकाले केहीसमय भित्रै पाउने आश्वासन व्यक्त गरेका थिए । 

२०७४ चैत १४ गते बर्षासँगै आएको असिनाले रौतहटमा हजारौं घरमा क्षती पुर्याउनुका साथै लाखौं बराबरको बाली नष्ट भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप