आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सुतिरहेका दुुई किशोरीमाथि मध्यरातमा तेजाव प्रहार

बुधबार, २७ भदौ २०७५, १६ : ५३
बुधबार, २७ भदौ २०७५

रौतहट रौतहटको चन्द्रपुर नगरपालिका वडा ६ बजारटोलमा गएराती दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव प्रहार गरेका छन् । 

चन्द्रपुर ६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी  १५ वर्षीया वहिनी सुस्मिता दासलाई मंगलबार राती करीब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव छ्यापेर भागेको प्रहरीले जनाएको छ  ।

राति घरमा सुतिरहेको अवस्थामा दुबैजनाको अनुहारमा तेजाव छ्यापिएको प्रहरीले बताएको छ ।
 
शरीरमा तेजाव परेर घाइते दुबै दिदीबहिनीको  काठमाडौ स्थित कीर्तिपूर अस्पतालमा उपचार भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी युवराज खडकाले बताए । 

  अज्ञात व्यक्तिले ढोका खोलेर  सुतिरहेका छोरीहरुको अनुहारमा तेजाव फ्याकेर  भागेको पीडितका बुवा जादोलाल दासले बताए । 

सम्झनाको अनुहारमा र आँखामा तेजावका कारण धेरै चोट लागेको छ भने सुस्मिताको टाउको र अनुहारमा तेजावका कारण घाउ भएको छ । 

 सम्झानाले  कक्षा सात पढेर छोडेकी थिइन् भने सुस्मिता कक्षा ५मा पढ्दै छिन् ।

फरार व्यक्तिको खोजी भैरहेको  जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले  बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप