२७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस : ५ नम्बर प्रदेशमा यसरी मनाइयो
बुटवल– हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन मनाइँदै आएको २७ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रदेश नम्बर ५ मा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘मलाइ गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ को आयोजानमा बुटवलमा पनि यो दिवस मनाइएको हो ।
यस्तै प्रदेश नम्बर ५ कै नेपालगञ्ज, दाङ्ग, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
आज बुटवलमा राजमार्ग चौराहबाट अपाङ्गता भएका व्याक्ति तथा संघ संस्थाहरुको सहभागितामा र्याली निकालियो । र्याली राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ५ को कार्यालय नयाँ बसपार्क अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै ५ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले अपाङ्गहरु बारेका गरेका सन्धीहरु कार्यान्यन गर्न नन्जुसाई गर्न नहुने बताए ।
उनले ५ नम्बर प्रदेशमा अपाङ्गमैत्री संरचना बनाउनुका साथै नीति पनि सोही अनुसारको तय गरिने प्रतिबद्धता जनाए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ की अध्यक्ष देवीदत्त अचार्यले प्रदेश ५ मा हाल डेढ लाख अपाङ्गता भएका व्याक्तहरु रहेको जानकारी दिँदै उनीहरुको अधिकारको लागि लडिरहने बताए ।
नेपालमा यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो जुन हरेक वर्ष नेपाल सरकारको नेतृत्वमा सबै सरोकारवालाहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू गरि मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण