शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको हरिद्वार मानिने त्रिवेणी धाम ओझेलमा

बुधबार, १८ साउन २०७४, १० : ५९
बुधबार, १८ साउन २०७४

परासी– नेपालको हरिद्धार भनेर चिनिने त्रिवेणी धाम हिन्दु समुदायको महत्पुर्ण ऐतिहासिक एवं पुरातात्विक धार्मिक स्थल हो । त्रिवेणी धाम नारायणी, तमसा र सोनभद्र गरि तिनवटा नदीको संगमलाई भनिन्छ । नवलपरासीको बिनयीत्रिवेणी गाउँपालिका वडा नं. ६ मा अस्थित गण्डकी नदीमा तीनवटा नदी मिलेर त्रिवेणी धाम बनेको हो । विश्वमै शालिकराम ढुङ्गा पाईने एउटा मात्र गण्डकी नदीको त्रिबेणी धाममा माघेऔशी र चैत महिनामा गरि वर्षको दुईपटक मेला समेत लाग्ने गर्दछ । जुन मेलामा नेपाल भारतका लाखांै भक्तजनहरु स्नान गर्नेदेखि जल चढाउने र पुजाआजा समेत गर्ने गर्दछन् । त्रिवेणी धाममा स्नान गरे पाप पखालिने विश्वास हिन्दु समुदायमा छ ।


केहि वर्ष अघि यो धाम उत्खनन् गर्दा गक्ष शिला, ग्रह शिला (गोही) र नदीको तटमा गोही र हातीको खुट्टाको छाप समेत भेटिएको थियो । तर, त्रिवेणी धामको महत्व र प्राचिन विशेषताको व्यापक प्रचार प्रसार र संरक्षणको अभावमा धाम ओझेलमा परेको सरोकारवालाहरु बताउछन् । नेपालकै महत्पुर्ण धाममा दिनहुँ हजारांैको संख्यामा भक्तजन तथा पर्यटकहरु आउनु पर्ने भएपनि बाटोघाटो, धर्मशाला, भोजनालय, स्नानगृह, आवाश जस्ता आवश्यक भौतिक पुर्वाधारको अभावले ऐतिहासिक धार्मिकस्थल ओझेलमा परेको छ । शुद्ध खानेपानी, विजुली, सुरक्षाको प्रवन्धको अभाव छ । धामको महत्वका विषयमा व्यापक प्रचार प्रसार नभएकाले पनि ओझेलमा परेको स्वामी अचार्यले बताए । 


धाममा श्री मुक्तिनाथ पिठ वेद विद्याआश्रम खोली संस्कृति विषय पठन पाठन समेत गराइन्छ । नेपाल र भारतका ६५ जना विद्यार्थीहरु यस आश्रममा अध्ययनरत छन् । भक्तजनहरुको भेटी तथा चन्दाले चल्ने आश्रममा कक्षा १० सम्मको पढाई हुन्छ । जसमा ४ वटा विषय सांस्कृत र ४ वटा विषय नेपाली पाठयक्रम अनुसार छन् ।

त्रिवेणी धामलाई गजेन्द्र मोक्ष दिव्य धामले पनि चिनिन्छ । धाममा भगवान विष्णु स्वयंम् प्रकट भएको विश्वास छ । सतियुगमा नारायणी नदीमा हात्ती पानी खान गएका बेला गोहीले हात्तीको खुट्टा तानेर मार्न खोज्दा हात्तीले भगवान विष्णुलाई गुहारेपछि भगवान विष्णु प्रकट भई आफनो चक्रले गोहीलाई मारी हात्तीलाई बचाएको धार्मिक ईतिहास छ ।


धाम अन्तर्गत बालमिकी आश्रम, नागाबाबा कुटी, शिवालय लगायत विभिन्न मठ मन्दिरहरु छन् । मोक्ष दिव्य धामममा करांैडो लागतमा गजेन्द्र मोक्षनारायण मन्दिर स्थापना भएको छ जसको भित्रीभागमा भारतीय र बाहिरी भागमा नेपाली कलाशैलीमा कुदिएर मन्दिर बनाइएको छ । धाममा शिश महल पनि बनाइएको छ जसका कारण यहाँ पछिल्लो समयदेखि पर्यटकहरु बढेको पाइएको छ । नेपाल भारतका विभिन्न ठाउँबाट गरि दिनमा करिब १ हजार पर्यटकहरु धाममा आउने गरेका छन् तर महत्वका हिसावले यो संख्या कम रहेको स्वामी कृष्ण प्रपन्नआचार्य बताउँछन् । 


यस आश्रमलाई जिल्ला शिक्षा कार्यालयले वर्षमा २ लाख ५० हजार वार्षिक अनुदान दिदै आएको छ जसले यसको शैक्षिक व्यवस्थापन, शिक्षक तलब भत्ता र होस्टल खर्च व्यवस्थापन गर्न निकै कठिनाई हुदै आएको छ । यो आश्राम २०४८ सालमा अनौपचारिक शिक्षा प्रदान गर्दै स्थपना भएको थियो पछि २०६४ सालदेखि शिक्षा कार्यालयबाट कक्षा १० सम्मको स्वीकृत प्राप्त गरि औपचारिक रुपमा पठन पाठन शुरु गरेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप