काठमाडौँको टोखाबाट ८ जना जुवाडे पक्राउ
शनिबार, १५ वैशाख २०८१, १९ : ५४
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० बाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । टोखा स्थित सिर्जना टोलमा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले हरि श्रेष्ठको घरमा सञ्चालित जुवा खालबाट १ लाख १३ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३ बाँसबारी बस्ने मानबहादुर पुन, बुढानिलकण्ठ नगरपालिका बस्ने सागर लामा, गोकर्णेश्वर बस्ने नेमा लामा, बुढानिलकण्ठ बस्ने लोप्साङ तामाङ, टोखा–३ घर भएका पुष्पबहादुर खड्का, भक्तपुर बस्ने देन लामा र नागार्जुन घर भएका शरणबहादुर गुरुङ छन् । जुवा खालबाट प्रहरीले ४ बुक तास र १०९ थान क्वाइन बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण