विनाशकारी आँधी : नेता गाउँमा पुग्दा डाँको छाडेर रुन थालिन् रेकमा खातुन (फोटोफिचर)
बारा– फेटा गाउँपालिका–३ पुरैनियामा मंगलबार मध्यान्ह राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पुग्दा रेकमा खातुन डाँको छाडेर रुँदै थिइन् ।
‘मेरो बावु .. मेरो बावु खोई ?’
रेकमा जति जोड्ले छाती पिटेर रुन्थिन् उनको काखमा रहेकी दुई वर्षीया छोरी पनि उत्तिकै कडा स्वरमा चिच्याउँदै रुरुँदै गरेको दृश्यले देखेर जो–कसैको मन रुन्छ । आइतबारको विनाशकारी आँधीका कारण रेकमाले आफ्नो ३ वर्षीय छोरा फैयाज अन्सारीलाई गुमाएकी थिइन् । महताेले नरुन भन्दै अनेकन ढाडस दिँदासम्म उनी रुन राेकिन सकिनन् ।

रेकमा मात्र हैन, पुरैनीमा रहेका अधिकांश मुस्लिम परिवारको आँशु थामिएको छैन् । विनाशकारी आँधीका कारण पुरैनियामा मात्र ९ जनाले ज्यान गुमाएका छन् । करिब ३ सय स्थानीय अस्पतालको बोडमा छन् ।

आँधीले घरको छाना सखाप बनाएको छ । रुखका हाँगाहरु चुँडिएर खण्डहरु बनेको छ । मंगलबार बिहानबाट फाट्टफुट्ट त्रिपाल पुग्न थालेका छन् ।
ओढ्ने ओछ्याउनेको जोहो अझै हुन सकेको छैन । आँधीले बस्ती सखाप पारेपछि संघसंस्था र राजनीतिक दलका नेताहरु कतिपय राहत लिएर पुगेका छन् भने कतिपय रमिता हेर्न मात्र । मंगलबार मध्यान्ह प्रदेश नम्बर–२ का सभामुख सरोज यादव पनि पुरैनिया पुगेका थिए ।

आँधीको पीडाले फेटाको भलुही, भरवलिया र पुरैनियाको आँशु अझै थामिएको छैन । दिनचर्या सामान्य हुन सकेको छैन ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण