आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गाँउपालिका प्रमुखले भौतिक आक्रमणको प्रयास गरेको उपप्रमुखको आरोप

सोमबार, १६ वैशाख २०७६, १० : १६
सोमबार, १६ वैशाख २०७६

रौतहटको  यमुनामाई गाउँपालिकाका अध्यक्षले आफूमाथि दुर्व्यवहार गर्नुका साथै भौतिक आक्रमणको प्रयास गरेको उपाध्यक्ष गीता देवी साहले आरोप लगाएकी छिन् । 
    
साहले आइतबार झुनखुनवास्थित आफनै निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अध्यक्ष श्रीप्रकाश मुखियाले आफूमाथि दुर्व्यहार गर्दै थप्पडसम्म हान्ने प्रयास गरेको आरोप लगाएकी हुन् । गाउँपालिकामा भइरहेको अनियमितताबारे आवाज उठाउँदा आफूमाथि दुर्व्यहार भएको उनको दाबी छ । 

साहका अनुसार अध्यक्ष श्रीप्रकाश मुखिया सहितका दुई जना वडाध्यक्षहरुले उनीहरुले भने अनुसारको योजनामा हस्ताक्षर गर्न दबाब दिएका थिए । उनीहरुले भनेअनुसार हस्ताक्षर नगर्ने भन्दा अभद्र व्यवहार गरी कुट्न झम्टिएको आरोप लगाइन् ।
    
‘१३ गते शुक्रवारको दिन “सुकदेव चोक देखि राधेश्याम साहको घर सम्म सरसफाई र मिक्स ग्रावेलको कार्य” भन्ने शीर्षकको योजनामा बलजफती हस्ताक्षर गराउन गापा अध्यक्ष मुखिया, वडाध्यक्षद्वय नन्दलाल यादव र रहमत राँकीले दबाव दिनुभयो । सो योजना बारे कुनै जानकारी नभएको तथा स्थलगत रुपमा अनुगमन गरेपछि मात्रै सही गर्ने भनेर अडान राखे,’ साहले भनिन्, ‘त्यसपछि मलाई गालीगलौज गर्दै अध्यक्ष मुखियाले थप्पड हान्न झम्टिनुभयो  ।’

आर्थिक वर्ष २०७५/०७६ को बजेट के कतिको छ भने अहिले सम्म आफूलाई जानकारी समेत नदिएको, बिना सहमति कार्यपालिकाको बैठक बसेर काम गरेको, प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा आफूलाई वाइपास गरेको पनि साहले आरोप लगाइन् ।
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप