होटल परिसरमा युवकको मृत्यु, बाथरुममा रगतको आहाल
दोलखा । दोलखाको सदरमुकामम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै गम्भीर अवस्थामा भेटिएको युवकको मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका–४ का २० वर्षीय पवन बस्नेतलाई गम्भीर अवस्थामा प्रहरीले फेला पारी उपचारार्थ चरिकोट प्रस्थापित अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला कार्यालय दोलखाले जनाएको छ ।
बस्नेतलाई दुई÷तीन जनाको समूहले नाङ्गेझार पारी सडक छेऊबाट करीब एक किलोमिटर टाढा लगी हतियारले प्रहार गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
रिसोर्टमा बास बस्ने विदेशी नागरिकले हल्लाखल्ला र चित्कार सुनेको होटलवालालाई सुनाएपछि होटलवालाले प्रहरीलाई खबर गरेको थिए ।
सडकको छेउमा एउटा जुत्ता र सट भेटिएको र रिसोर्ट किचेन छेउको बाथरुमको बाहिरी भित्तामा रगतको आहाल रहेको प्रहरीले जनाएको छ ।
मृतक बोलेरो चालक हुन् । अनुसन्धानका लागि उनका साथीलाई प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनको शव चरिकोटस्थित शवगृहमा राखिएको छ ।
खोलाले बगाउँदा एक युवक बेपत्ता
दोलखाको कालिञ्चोक गाउँपालिका–२ स्यारावाराङस्थित कालिञ्चोक खोलाले बगाउँदा आज एक युवक बेपत्ता भएका छन् ।
कालिञ्चोकखोलामा माछा मार्ने क्रममा डुबेर ३१ वर्षीय राजु थामी बेपत्ता भएको प्रहरी नायब निरीक्षक सेते तामाङले बताए ।
युवक बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले खोजी जारी राखेको तर हालसम्म फेला पार्न सकेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण