तीन नम्बर प्रदेशसभा बैठक बस्दै
आइतबार, ०८ भदौ २०७६, १४ : १७
हेटौंडा– प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महिनापछि आज पुनः बस्दै छ । गत असार १२ मा आर्थिक वर्ष २००७/७७ को बजेट पारित गरेसँगै स्थगित बैठक आज दिउँसो बस्न लागेको हो ।
भदौ ८ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेश नं– ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । आजको बैठकले यसअघि विभिन्न समितिले अन्तिम टुङ्गो लगाएका केही विधेयक पारित गर्ने जनाइएको छ । प्रदेशसभा कार्यव्यवस्था समितिकोे बैठकले आजको बैठकमा विभिन्न पाँच विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्रीलाई कर्मचारीको सुझाव: संघका कार्यालयलाई बजेट विनियोजन नगरौँ
-
आईपीएलमा आज : प्लेअफमा पुगिसकेको कोलकातालाई गुजरातको चुनौती
-
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
-
लेभरकुजनले बनायो अपराजित खेलको अर्धशतक
-
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
-
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने