आईपीएलमा आज : प्लेअफमा पुगिसकेको कोलकातालाई गुजरातको चुनौती
अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को ६३औं खेलमा आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।
दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् । आज गुजरात र कोलकाताको सिजनको १३औं खेल हुनेछ ।
कोलकाताले १२ मध्ये ९ जित र ३ खेलमा हार बेहोरेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा छ । कोलकाता यस सिजनको प्लेअफमा पुग्ने पहिलो टोली हो। अर्कोतर्फ १२ खेलमध्ये ५ जित र ७ हारेको गुजरात १० अङ्कसहित ८ नम्बरमा छ ।

- दुवै टोली चौथो पटक आमनेसामने हुँदै
आईपीएलमा चौथो पटक टाइटन्स र नाइट राइडर्स भिड्दैछन् । यी दुईबिच अहिलेसम्म ३ खेल भइसकेका छन् । २ मा गुजरात र १ मा कोलकाता विजयी भएको थियो । नरेन्द्र मोदी स्टेडियममा यसअघि दुवै टोली एकपटक भिडेका थिए, उक्त खेलमा कोलकाता ३ विकेटले विजयी भएको थियो।

- साई सुदर्शनको रन वर्षा
पहिलो दुई सिजनमा प्लेअफमा पुग्ने गुजरात टोलीको प्रदर्शन यस सिजनमा राम्रो हुन सकेन। साई सुदर्शन र कप्तान शुभमन गिलबाहेक टोलीका कुनै पनि ब्याट्सम्यान राम्रो लयमा छैनन् ।
टोलीका लागि साई सुदर्शनले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १२ खेलमा ५२७ रन छन् । बलिङमा मोहित शर्मा शीर्ष स्थानमा छन् । उनले १३ विकेट लिएका छन् ।
- कोलकाताका लागि नरेनको सर्वाधिक रन
कोलकाताको उत्कृष्ट लय यस सिजन जारी छ । टोलीका ब्याट्सम्यान पनि उत्कृष्ट लयमा छन् । टोलीका लागि सुनिल नरेन र फिलिप साल्टले ४ सयभन्दा बढी रन बनाएका छन् । जहाँ कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले दुई सयभन्दा बढी रन बनाएका छन् ।

नरेन ४६१ रन बनाएर टिमका सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । वरुण चक्रवर्ती १२ खेलमा १८ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
- पिच रिपोर्ट
नरेन्द्र मोदी रंगशालाको पिच ब्याटिङमैत्री छ । अहिलेसम्म यहाँ ३३ आईपीएल खेल खेलिएका छन् । १५ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको थियो भने १८ खेलमा पछ्याउने टोलीले जित हासिल गरेको थियो । यहाँ उच्चतम टोली स्कोर २३३/३ हो, जुन गुजरातले गत सिजन मुम्बई इन्डियन्स विरुद्ध बनाएको थियो।
- मौसम अवस्था
सोमबार अहमदाबादको मौसम धेरै गर्मी हुनेछ। वर्षाको सम्भावना २५% छ। खेलको दिन यहाँको तापक्रम २९ देखि ४० डिग्री सेल्सियससम्म रहन सक्छ।
- दुवै टोलीको सम्भावित प्लेइङ-११
गुजरात टाइटन्सः शुभमन गिल (कप्तान), साई सुदर्शन, डेभिड मिलर, शाहरुख खान, म्याथ्यु वेड (विकेटकिपर), राहुल तेवाटिया, राशिद खान, नूर अहमद, उमेश यादव, मोहित शर्मा र कार्तिक त्यागी।
इम्प्याक्ट प्लेयर : सन्दीप वारियर।
कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नरेन, भेंकटेश अय्यर, नितिश राना, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राना।
इम्प्याक्ट प्लेयर : वैभव अरोरा।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण