केन्द्रीय संस्करण

कृषि उद्यमबाट नै मुलुकमा समृद्धि आउँछ : मुख्यमन्त्री पौडेल

person explore access_timeभदौ १४, २०७६ chat_bubble_outline0
FILE PHOTO

मकवानपुर - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् । 

मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका विभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि आज यहाँ आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको दिगो आर्थिक विकास र समृद्धि कृषि उद्यमबाटै हुन्छ ।’ 

मुख्यमन्त्री पौडेलले कृषि र पशुपालनसँगसँगै लैजाने नीति प्रदेश सरकारको रहेको उल्लेख गर्दै कृषिलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। 

प्रदेशका ११९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने प्रदेश सरकारको नीति रहेको बताउँदै उनले एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढाइने जानकारी दिए ।
 
मुख्यमन्त्री पौडेलले किसान र उपभोक्ताबीचको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि विभिन्न स्थानमा बृहत कृषि बजार स्थापना गरिने उल्लेख गर्दै सरकारको मूल अभियान नै कृषि क्रान्ति गर्ने भएकाले सबै जनता कृषिमा जोडिनुपर्ने बताए । 

माटो परीक्षणलगायतको सुविधाका लागि हरेक गाउँपालिकामा एक–एक माटो जाँच केन्द्रको स्थापना गरिने उल्लेख गर्दै उनले ठाउँ, वातावरण र स्थानको विशेषता अनुसार नै खेती गर्नुपर्ने धारणा राखे  । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.