नगरपालिका कर्मचारीको करेन्ट लागेर मृत्यु
वुटवल – करेन्ट लागेर कपिलवस्तु नगरपालिकाका इलेक्ट्रीसीयन जितमनप्रसाद कान्दुको मृत्यु भएको छ । घटनालाई लिएर आइतबार कपिलवस्तुको नगरपालिका र सबैै कार्यालयमा शोक मनाउने घोषाणा गरेको छ ।
कपिलवस्तु नगरपालिकाको वडा नं १ हुलाक कार्यालय जाने बाटोको विद्युत पोलमा बल्ब फेर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । विद्युतको मेन लाइनको तारमा छोइएर हातमा करेन्ट लागेपछि करेन्टको झड्काले कान्दु जमिनमा खसी घाइते भएका थिए । घाइते कान्दुको उपचारको क्रममा शुक्रवार राति चितवनस्थित पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।
५२ वर्षीय मृतक कान्दुको निधनप्रति कपिलवस्तु नगरपालिकाले गहिरो दुख व्यक्त गरेको छ । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी देवी गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्य लगायतले मृत आत्माको चीर शान्तिको लागि कामना गरेका छन् ।
मृतक कान्दुको शव चितवनबाट तौलिहवा तर्फ ल्याउने तयारी भएको उनले बताए । कानुनी प्रक्रिया पुरा गरी शव परिवारजनलाई बुझाईने प्रहरीले जनाएको छ । स्वर्गीय कान्दुको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै कपिलवस्तु नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुमा एक दिन शोक विदाको घोषणा गरेका विज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण