मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भोलीबाट सुरु हुने जागरण अभियानमा उत्साह पुर्वक सरिक हुन काँग्रेसको आह्वान

सोमबार, २३ भदौ २०७६, १९ : २०
सोमबार, २३ भदौ २०७६

काठमाडमौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले स्वदेश र विदेशमा  रहेका नेता कार्यकर्तालाई मंगलबारबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा उत्साह पुर्वक सरिक आह्वान गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ,‘स्वदेश र विदेशमा रहेका सम्पुर्ण साथीहरूलाई उत्साह पुर्वक जागरण अभियानमा सरिक हुन आह्वान गर्दै, सबै नेपाली दिदीबहिनी दाजुभाइमा नेपाली काँग्रेस अभियान सफलताका लागी शुभेच्छा र साथको हार्दिक अपिल गर्दछ ।’ 

बपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतिक स्वरुप १०६ विरुवा हरेक प्रदेशसभा क्षेत्रमा रोपेर अभियानको उद्घाटन गरिने प्रवक्ता शर्माले जानकारी गराए । सो अभियान ३ सय ३० प्रदेशशभा निर्वाचन क्षेत्रमा केन्द्रीत हुने छ । जसका लागि  तोकिएका ३३० प्रतिनिधि कोही सोमबार सांझ र मंगलबार भोलि बिहान आफ्नो जिम्मेवारीको क्षेत्रमा गुग्ने विज्ञप्तिमा उल्लेख छ । 

प्रवक्ता शर्माका अनुासर जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित बिशेष संवाद ,संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तर्कृया, स्थानीय तहको दुई वर्से समिक्षा कार्यक्रम, पार्टी प्रवेश कार्यक्रम रहेका छन् ।

अभियान क्रममा पार्टीका केन्द्रिय प्रतिनिधिले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश र काँग्रेसका लागि सल्लाह सुझाव काँग्रेसले भनेको छ । 

१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ५ मुद्दामा केन्द्रित रहेर ७७ जिल्लामा एकसाथ प्रदर्शन प्रवक्ता शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप