विश्लेषण साप्ताहिकमा जिलेटिन विस्फोटक पदार्थसम्बन्धी एउटा समाचार छापिएको थियो, न्युरोडको पिपलबोटमा त्यो पत्रिका पुग्नेबित्तिकै सुकेश्वर पाठकलाई तत्कालीन अञ्चलाधीश बबन ठाकुरबाट बोलावट आयो । राजा वीरेन्द्रको कार्यकालमा लेखिएको त्यो सामान्य समाचारका...